Like us!
Follow us!
Connect us!
Watch us!

चितवनमा अत्याधुनिक सेवासहितको अस्पताल तीन दिनमै सञ्चालनमा आउने

भुबी पनेरू

मंगलबार, ०४ चैत्र २०७६, १५ : ४८ मा प्रकाशित

चितवनमा अत्याधुनिक सेवासहितको अस्पताल तीन दिनमै सञ्चालनमा आउने

अर्थ संसार, काठमाडौं -चितवनमा अत्याधुनिक सेवासहितको अस्पताल तीन दिनमै सञ्चालनमा आउने भएकाे छ।संसारभरी कोरोना भाइरसकाे प्रकाेप बढेसंगै भरतपुर महानगरपालिकाले कोरोनाकाे उपचारका लागि अग्रीम तयारी थालेकाे छ।

भरतपुर महानगरपालिकाको पहलमा भरतपुर–१० मा रहेको प्रदर्शनी केन्द्रमा अत्याधुनिक आईसीयूसहितको अस्पताल सञ्चालनमा ल्याउने तयारी सुरु भएको महानगरकी प्रमुख रेणु दाहालले बताइन।

प्रदर्शनी केन्द्रमा रहेको भवनलाई तीन दिन९७२ घण्टा०मा अस्पतालको स्वरुपमा बदल्ने  बताइएको छ। मेयर दाहालले सो अस्पतालमा अत्याधुनिक उच्च प्रविधिको बेड १०, आईसीयू बेड १० र जनरल वार्ड बेड ५० गरी ७० बेड रहने छ।

अत्याधुनिक प्रविधिको बेड र आइसीयूका लागि चितवनमा रहेका विभिन्न अस्पतालले सहयोग गर्ने भएका छन्। यस्तै आपतकालीन अवस्थामा सञ्चालनमा आउन लागेको उक्त अस्पतालका लागि आवश्यक मेसिन र उपकरण समेत विभिन्न निकायबाट जुटाइने मेयर दाहालले बताइन्।

तीन बिघा क्षेत्रफलमा रहेको प्रदर्शनी कक्षमा तीनवटा भवनहरु भएकाले अत्याधुनिक उपचार केन्द्र, आईसीयू स्थापना गरिने  दाहालको भनाइ छ।

 उच्च प्रविधिको अत्याधुनिक कक्ष, आईसीयूका लागि आवश्यक उपकरण, सोही अनुसारको जनशक्ति र त्यसको व्यवस्थापन गर्न भरतपुर क्यान्सर अस्पताल लगायतले सहयोग गर्ने भएका हुन्।

चितवन उद्योग वाणिज्य संघ, क्रियाशील विभिन्न संघसंस्थासँग दुईदिन भएको छलफलबाट तीन दिनभित्र अस्पताल निर्माण गर्ने निर्णय भएको हो। अस्पताल निर्माण कार्य सुरू भएकाे उनले बताइन।

उक्त अस्पतालामा कोरोना आशंका लागेका बिरामीकाे मात्र उपचार गरीनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको