Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंका  लालचन्द्र गौतमले आफ्नो घर आइसोलेसन बनाउन आग्रह

भुबी पनेरू

मंगलबार, ०४ चैत्र २०७६, १६ : ३० मा प्रकाशित

काठमाडौंका  लालचन्द्र गौतमले  आफ्नो घर आइसोलेसन बनाउन आग्रह

अर्थ संसार, काठमाडौं -विश्वभरी नै कोरोनाकाे त्राश र चिन्ता बढेकाे छ।काठमाडौं भैंसेपाटीका लालचन्द्र गौतमले  कोरोना भाइरस संक्रमितलाई उपचार गर्नका लागि सोमवार आफ्नो घर आइसोलेसन बनाउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा लेख्दै गौतमले आइसोलेसनका लागि कसैलाई घर चाहिएको भए कुलेश्वरको लिंकरोडमा रहेको आफ्नो घर खाली रहेको बताएका छन् ।

गौतमले फेसबूकमा लेखेका छन् ,"मलाई थाहा छ, नेपाल सरकारले रातारात नयाँ अस्पताल बनाउन सक्दैन",  नेपाल सरकार या अन्य कुनै गैरनाफामूलक एजेन्सीले मेरो घरलाई अल्पकालीन अस्पताल बनाउन तयार हुन्छ भने मैले मेरो घर फ्रीमा दिन सक्छु।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको