Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंक र काठमाडौं महानगरपालिकाबिच सम्झाैता

निशा हुमाँगाई

बुधबार, ०५ चैत्र २०७६, १२ : २८ मा प्रकाशित

प्रभु बैंक र काठमाडौं महानगरपालिकाबिच सम्झाैता

अर्थ संसार, काठमाडौं – प्रभु बैंक लिमिटेड र काठमाडौं महानगरपालिका बिच सम्झाैता पत्रमा हस्ताक्षर भएको छ ।

प्रभु बैंक लिमिटेड र काठमाडौं महानगरपालिका बिच हिजाे (चैत्र ४ गते, मंगलबार) काठमाडौं महानगरपालिकाको जमल तथा रत्नपार्क–बागबजार स्थित आकाशे पुल मुनिको ट्राफिक आइल्याण्ड रतिन धारा संस्कृत पाठशाला अगाडीको ट्राफिक आइल्याण्डमा हरियाली बगैँचा र फाउण्टेन निर्माण गर्ने, मर्मत संहार गर्ने/रेखदेख गर्ने सो को संचालन तथा शहरी साैन्दर्यीकरण कामका लागि सम्झाैता पत्रमा हस्ताक्षर भएको हाे ।

यसैगरी, काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको समुपस्थितीमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा काठमाडौं महानगरपालिकाका तर्फबाट सहसचिव राजेश्वर ज्ञवालीले उक्त सम्झौतापत्रमा एक समारोहका बिच हस्ताक्षर गरेका हुन् ।

त्यस्तै, नेपाल भरीमा २०८ शाखा संजाल, ४६ एक्सटेन्सन काउन्टर, १७ शाखारहित बैंकिङ्ग सेवा तथा १५८ एटिएम (ATM Outlet) रहेको प्रभु बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्य गर्न लागेको बैंकले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको