अर्थ संसार, काठमाडौं – आज (बुधबार) पनि शेयर बजारमा गिरावट आएकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक १६.२६ अंकले घटेकाे छ । बुधबार शेयर बजार १६.२६ अंकले घटेर एक हजार २५५.८० मा पुगेकाे छ । नेप्से १.२८ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.८० अंकले घटेर २७१.७९ मा पुगेको छ ।
कूल १७२ वटा कम्पनीकाे ३४ लाख ८३ हजार २२१ कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब १८ करोड ४४ लाख १६ हजार ८७८ रुपैयाँको कारोबार भएकाे छ ।
त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज ११ उपसमूहको शेयर घटेकाे छ भने मात्र एक उपसमूहकाे शेयर बढेकाे छ ।
बुधबार बैंकिङ १५.८२ अंक, हाेटल १९.१६ अंक, विकास बैंक ११.७१ अंक, जलविद्युत ७.४६ अंक, फाइनान्स ३.८४ अंक, निर्जिवन लाइफ ११२.७४ अंक, उत्पादन २५.१९ अंक, अन्य ४.५४ अंक, माइक्राेफाइनान्स १८.२३ अंक र लाइफ इन्स्योरेन्स १३७.०६ अंक र सामूहिक लगानी कोष समूह ०.०३ अंकले घटेकाे छ ।
त्यस्तै, यता व्यापार भने २४.३८ अंकले बढेकाे छ ।
हेराैं आजकाे शेयर तालिका :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस