Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकले ऋणपत्रमा आवेदन दिने समय थप्याे

भुबी पनेरू

विहीबार, ०६ चैत्र २०७६, १० : ३४ मा प्रकाशित

नबिल बैंकले  ऋणपत्रमा आवेदन दिने समय थप्याे

अर्थ संसार, काठमाडौं -नबिल बैंक लिमिटेडले ऋणपत्रमा आवेदन दिने समय लम्बाएको  छ ।यस कम्पनीले चैत २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ ।

उक्त  ऋणपत्रमा अब चैत १६ गतेसम्म आवेदन दिन सकिने भएको हाे। 

कम्पनीले वार्षिक १० प्रतिशत ब्याजदर पाइने २ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा निष्काशन गरेको छ ।

कम्पनीले  एक हजार रुपैयाँ प्रतिकित्ता अकिंत दरका कुल  २० लाख कित्ता ऋणपत्रको बिक्री खुल्ला गरेको हो ।

निष्काशीत  कुल ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र  ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी बाट बिक्री गर्नेछ ।

ऋणपत्रमा इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्नेछन् भने ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।

लगानी गर्ने इच्छुक लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने ब्यवस्था रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको