Like us!
Follow us!
Connect us!
Watch us!

ज्वरो देखिए सांसदहरूलाई राष्ट्रियसभा बैठकमा सहभागी नगराउने

भुबी पनेरू

विहीबार, ०६ चैत्र २०७६, १३ : ५१ मा प्रकाशित

ज्वरो देखिए सांसदहरूलाई राष्ट्रियसभा बैठकमा सहभागी नगराउने

अर्थ संसार, काठमाडौं -काेराेना भाइरसले विश्वव्यापि रूपमा महामारीकाे रूप लिन थाले पछि संघीय संसदको राष्ट्रियसभा बैठक अघि सांसदहरूको ज्वरो मापन गरिएको छ।

शरीरको तापक्रम धेरै देखिए सांसदहरूलाई राष्ट्रियसभा बैठकमा सहभागी नगराउने तयारी सचिवालयको थियो। बैठकअघि राष्ट्रियसभा अध्यक्षको समेत ज्वरो मापन गरिएको उनका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिए।कोरोनाकाे लक्षणमध्ये ज्वरो  एक महत्वपुर्ण  हो।

सांसदहरूको पनि शरीरको तापक्रम जाँच गरिए पनि कुनै पनि सांसदमा ज्वरो नभेटिएको उनले बताए।

राष्ट्रिय सभामा ५९ सांसद छन्।

सरकारले २५ जना भन्दा धेरै भेला हुन रोक लगाए पनि संघीय संसदका प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अझै स्थगित भएका छैनन्।

राष्ट्रिय सभा बैठक सञ्चालनका क्रममा सुरक्षाकर्मी र सचिवालयका सदस्यहरू समेत गरी झण्डै १ सय ५० भन्दा धेरै भेला हुन्छन्।

यद्यपी राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने तयारी हुदैको बताएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको