Like us!
Follow us!
Connect us!
Watch us!

विदेशी गैरआवासीय नेपालीहरुका लागि‘सनराइज एनआरएम डिपोजिट एकाउन्ट’ संचालनमा

भुबी पनेरू

विहीबार, ०६ चैत्र २०७६, १४ : २५ मा प्रकाशित

विदेशी गैरआवासीय नेपालीहरुका लागि‘सनराइज एनआरएम डिपोजिट एकाउन्ट’ संचालनमा

अर्थ संसार, काठमाडौं-सनराइज बैंकले ‘सनराइज एनआरएम डिपोजिट एकाउन्ट’ संचालनमा ल्याएको छ । बिषेश विदेशमा बस्ने गैर आवासीय नेपालीहरुका लागि ल्याइएको यस खातामा गैर आवासीय नेपालीहरुले विदेशमा कमाएको पैसा सन्राइज बैंकमा एफसीवाई फिक्स्ड डिपोजिट खाता खोल्न सक्नेछन् ।

जम्मा भएको सो रकम तोकिएको समय अवधिपछि विना झन्झट विदेशमा फिर्ता लान सकिनेछ । २ देखि ५ वर्ष अवधिको लागि रकम जम्मा गर्न सकिने उक्त खातामा वाषिर्क ४ प्रतिशत ब्याज दिने व्यवस्था गरिएको छ ।

विदेशमा पाइने ब्याज भन्दा स्वदेशमा पाइने ब्याज बढी भएको र यसकाे ब्याज अन्तरले ग्राहकहरुलाई नेपालमा पैसा राख्न आकषिर्त गर्ने बैंककाे दाबी छ ।

खाता विदेशबाटै अनलाइन मर्फत खोल्न सकिने व्यवस्था समेत रहेको बैंकले बताएकाे छ । साैथ उक्त मुद्दती खाताको आधारमा ग्राहकहरुले ९० प्रतिशतसम्म कर्जा समेत लिन सक्ने व्यबस्था रहेकाे छ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको