Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत, पानी र अन्य महशुल एक महिना ढिला भएपनि जरिबाना नलाग्ने

भुबी पनेरू

विहीबार, ०६ चैत्र २०७६, १५ : ४५ मा प्रकाशित

विद्युत, पानी र अन्य महशुल एक महिना ढिला भएपनि जरिबाना नलाग्ने

अर्थ संसार, काठमाडौं - विद्युत, पानी, यातायात, मालपोत कार्यालयमा तिर्नुपर्ने महशुल एक महिना ढिला भएपनि जरिबाना नलाग्ने भएको छ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम गर्न बनेको उच्चस्तरीय समितिले बुधवार २५ जना एकै ठाउँमा भेला नहुने निर्णय गरेपछि पानी र विद्युतको महशुल तिर्ने स्थान भीडभाड हुने भएकाले जरिबाना मिनाहा गर्ने भएको हो।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बिहीवारको बैठकमा सो छलफल भएको हाे। यस विषयमा उच्चस्तरीय समितिबाट निर्णय गरीएकाे हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको