Like us!
Follow us!
Connect us!
Watch us!

जेठ ७ र ८ गते हुने गरी उद्योग वाणिज्य महासंघको चुनाव सर्‍यो

भुबी पनेरू

विहीबार, ०६ चैत्र २०७६, १६ : २४ मा प्रकाशित

जेठ ७ र ८  गते हुने गरी उद्योग वाणिज्य महासंघको  चुनाव सर्‍यो

अर्थ संसार, काठमाडौं -नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा सरेको छ । महासंघको ५४ औं वार्षिक साधारण सभा आगामी जेठ ७ र ८ गते काठमाडौंमा हुनेछ । आज बसेको पदाधिकारी बैठकले साधारणसभा सार्ने निर्णय गरेको हो । 

कोरोना भाइरसका कारण उत्पन्न परिस्थितीमा महासंघको साधारण सभा गर्न उपयुक्त नहुने भन्दै अध्यक्ष भवानी राणाको प्रस्तावमा साधारण सभाको मिति सारिएको उपाध्यक्ष चन्द्र ढकालले बताए । 


सरकारले चैत्र मसान्तसम्म सभा, सम्मेलन लगायतका कार्यक्रम नगर्न गरेको आग्रहलाई महासंघले पनि समर्थन गर्दै यस्तो निर्णय गरिएको उनले जानकारी  गराए । “पदाधिकारी बैठकले आगामी जेठ ७ र ८ गते गर्ने गरी  स्थायी समितिमा सिफारिस गरिएको छ” उनकाे भनाइ छ  । 

महासंघको साधारण सभा यही चैत्र २८ र २९ गतेका लागि तोकिएको थियो । साथै महासंघको ५४ औं वार्षिक साधारण सभामा चुनाव पनि हुने भएकाले उद्योगी व्यवसायीले महत्वपूर्ण रुपमा लिएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको