Like us!
Follow us!
Connect us!
Watch us!

मनकामना केवलकार शनिबारदेखि बन्द हुने

अर्थ संसार

विहीबार, ०६ चैत्र २०७६, २० : १२ मा प्रकाशित

मनकामना केवलकार शनिबारदेखि बन्द हुने

अर्थ संसार, काठमाडौं-मनकामना मन्दिरदर्शन गर्न जाने  दर्शनार्थीहरुको  सहजताका लागि  संचालनमा ल्याएको   मनकामना  केवलकार सेवा शजिबारदेखि बन्द हुने भएको  छ ।

 कोरोना भाइरसको सङ्क्रमणको सजगताका लागि सो सेवा बन्द हुने भएको हो । मनकामना दर्शन प्रालिले आज सूचना प्रकाशित गर्दै शनिबारदेखि मनकामना केवलकारको सेवा बन्द गर्न लागिएको जानकारी दिएको छ ।

कम्पनीका  नायब महाप्रबन्धक डिएन कायस्थका अनुसार कोरोना भाइरस सङ्क्रमण रोक्न सरकारको निर्णयलाई सहयोग पु¥याउन शनिबारदेखि कम्पनीको सेवा बन्द गर्न लागिएको हो । अब मनकामना केबलकारको सेवा चैत ३० गतेबाट मात्र सञ्चालनमा आउनेछ । कोरोनाको त्राससँगै पछिल्लो केही दिनयता केवलकारमा यात्रा गर्न आउने घटेका थिए ।

 चितवनको इच्छाकामना–४ स्थित प्रवेशद्वार ९बटम स्टेशन० रहेको  मनकामना केवलकारबाट दैनिक तीन हजार ५०० को सङ्ख्यामा दर्शनार्थी  मनकामना मन्दिर पुग्ने गर्दछन् । 

सहायता कक्ष  स्थापना

चितवनको इच्छाकामना गाउँपालिकाले कोरोनासम्बन्धी सचेतनाका लागि दुई ठाउँमा हेल्थ डेस्क स्थापना गरेका छन् । 

गाउँपालिका कार्यालय परिसर कुरिनटार र मनकामना केवलकारको बटम स्टेशन चेरेशमा स्वास्थ्य हेल्थ डेस्क आजदेखि सञ्चालनमा ल्याएको हो । मनकामना केबलकारमा एक जना स्वास्थ्यकर्मी उपलब्ध गराई सहयोग गरिएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक  वासुदेव सापकोटाले जानकारी दिनुभयो ।

गोरखाको शहीद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा स्वदेशी तथा विदेशी गरी  दैनिक हजारौँ  दर्शनार्थी केवलकार चढेर जाने  गर्दछन् । त्यसैलाई मध्यनजर गर्दै हेल्थ डेस्क सञ्चालनका लागि गाउँपालिकाले स्वास्थ्यकर्मी उपलब्ध गराई सहयोग गरिएको संयोजक सापकोटाले बताउनुभयो ।

स्वास्थ्यकर्मीसँगै नेपाल सरकार स्वास्थ्य मन्त्रायबाट जारी गरेको कोरोना सचेतनामूलक नारासहितको पर्चासमेत उपलब्ध गराएका छन् । गाउँपालिकाभित्रका राजमार्गका होटलमा सचेतनामूलक कार्यक्रमका साथै सचेतनामूलक माइकिङसमेत गर्न शुरु  गरिएको  संयोजक सापकोटाले जानकारी दिनुभयो । 

हेल्थ डेस्कमार्फत स्वास्थ्य जाँचसहित कोरोना सम्बन्धी सचेतनामूलक  जानकारी गराउने संयोजक सापकोटाको भनाइ छ । शङ्कास्द व्यक्तिलाई परीक्षणका लागि अस्पतालमा  पठाइने उहाँले बताउनुभयो । मनकामना दर्शन प्रालिले मन्दिर दर्शन गर्न जाने दर्शनार्थीका लागि दुर्ई हप्ता अघिदेखिनै  एकजना स्वास्थ्यकर्मी राखी केवलकार चढ्नुअघि स्वास्थ्य  जाँच  गरिँदै आएको छ । अहिलेसम्मको जाँचको क्रममा कोरोनाको शङ्कास्पद व्यक्ति नभेटिएको मनकामना दर्शनप्रालिका नायब महाप्रबन्धक डिल्लीनारायण कायस्थले  बताउनुभयो ।

उहाँले मनकामना मन्दिर दर्शन गर्न आउने यात्रुहरुलाई प्रवेशद्वार  चितवनको  ईच्छाकामना–४ स्थित चेरेशमा स्वास्थ्य जाँच गराएर मात्र केवलकार चढ्नका लागि अनुमति दिइएको बताउनुभयो ।
 
घटे केवलकार चढ्ने

यसैबीच कोरोना भाइरसको त्राससँगै मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्यामा कमी आएको छ ।

नायब महाप्रबन्ध कायस्थका अनुसार पछिल्लो समय दैनिक दुई  हजारको हाराहारीमा मात्र दर्शनर्थाीहरुले केवलकार चढेर मनकामना मन्दिर  जाने  गरेका  छन् । यो  समयमा विगतका वर्षहरुमा तीन हजार ५०० को हाराहारीमा दर्शनार्थीहरुले  दैनिक केवलकार चढ्ने गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको