Like us!
Follow us!
Connect us!
Watch us!

घरबाट काम गर्ने कर्मचारीहरुलाई १ लाख बोनस :फेसबुक

भुबी पनेरू

शुक्रबार, ०७ चैत्र २०७६, १३ : २६ मा प्रकाशित

घरबाट काम गर्ने कर्मचारीहरुलाई १ लाख बोनस :फेसबुक

अर्थ संसार, काठमाडौं-कोरोना भाइरसको महामारीसँग लड्नको लागि मल्टिनेशनल कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई विशेष सुविधा दिइरहेका छन् ।

फेसबुकले पनि आफ्ना कर्मचारीहरुकाे सुरक्षा र काेराेना विरूध्द हाैसलाका लागि विशेष प्याकेजको व्यवस्था गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार फेसबुकका सिईओ मार्क जुकरवर्गले आफ्ना कर्मचारीहरुलाई यस महामारीबाट टाढा राख्नको लागि कर्मचारीहरुलाई एक इन्टर्नल नोट पठाएका छन् ।

नोटमा उनले घरबाट काम गर्ने कर्मचारीहरुलाई नेपाली १ लाख १८ हजार ४ सय रुपैयाँ बोनस दिने बताएका छन् । जनवरीसम्मको आँकडामा फेसबुकका लगभग ४५ हजार फुल टाइम काम गर्ने कर्मचारीहरु छन् ।

फेसबुकका साथै अन्य कम्पनीहरुले पनि आफ्ना कर्मचारीहरुलाई यस प्रकारको सुविधा दिने बताइरहेका छन् ।

मंगलवार फेसबुकले कोरोनाले प्रभावित भएको व्यापारलाई ११.८२ करोड सहयोग गर्ने घोषणा गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको