Like us!
Follow us!
Connect us!
Watch us!

सेतो मछिन्द्रनाथको यात्रा नहुने

भुबी पनेरू

शुक्रबार, ०७ चैत्र २०७६, १४ : ३२ मा प्रकाशित

सेतो मछिन्द्रनाथको  यात्रा नहुने

अर्थ संसार, काठमाडौं-काेराेनाकाे त्रासका बिच सबैजसाे कार्यक्रमहरू भटाभट स्थगित भइरहेका छन् । त्यस्तै गरी मछिन्द्रनाथको यात्रा पनि स्थगित भएको छ ।

रथयात्रा व्यवस्थापन समितिका संयोजक काठमाडौं महानगरपालिका २५ का बडाध्यक्ष नीलकाजी शाक्यको अध्यक्षतामा गुठी संस्थानका अध्यक्ष मिनराज चौधरी र पुजारीहरु सहित सरोकारवालको उपस्थितिमा बसेको बठकले रथ यात्रा स्थगित गर्ने निर्णय गरेको छ ।


यसै चैत १९ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने रथयात्राको सम्पूर्ण तयारी पूरा भए पनि सरकारले २५ जनाभन्दा धेरै जमघट नहुन आदेश दिए पछि यात्रा स्थिगित गरिएको संयोजक शाक्यले जानकारी दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको