Like us!
Follow us!
Connect us!
Watch us!

बैंकमा एक साथ २५ जना मात्र ग्राहक छिर्न मिल्ने

भुबी पनेरू

शुक्रबार, ०७ चैत्र २०७६, १४ : ५३ मा प्रकाशित

बैंकमा एक साथ २५ जना  मात्र ग्राहक छिर्न मिल्ने

अर्थ संसार, काठमाडौं -काेरोनाले विश्वव्यापि रूप लिन थालेपछि बैंकर्स संघको आकस्मिक बैठक बसेको छ ।

बैठकले बैंकहरुलाई ‘एड्भाइजरी’ जारी गर्दै ‘ब्याक अफिस’ का कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन सुझाव दिएको छ । साथै, माथिल्ला तहका कर्मचारीलाई पनि आवश्यक व्यवस्थापन मिलाएर विदा दिन सुझाव दिएको छ ।

बैठकले ब्याक अफिसमा बस्दा पनि कार्यालय अति आबश्यक  कर्मचारीलाई सिफ्टमा काम लगाउने निर्णय गरेको छ ।  

ग्राहकसँग प्रत्यक्ष सम्पर्कमा बसेर काम गर्ने कर्मचारीका लागि स्यानिटाइजर र मास्क अनिवार्य गरिएको छ । घरबाट काम गर्न मिल्ने कर्मचारीलाई घरमै बसेर काम गर्ने सुझाव दिएको छ । सरकारले २५ जनाभन्दा बढी एकै ठाउँमा भेला नहुने निर्देशन दिइसकेको छ । यो सँगै संघले पनि बैंकमा एकै समयमा २५ जनाभन्दा बढी ग्राहक छिर्नमा रोक लगाउने निर्णय गरेको हो । संघले कार्यालय प्रवेश गर्नुअघि ग्राहकलाई अनिवार्य स्यानिटाइजरको प्रयोग गर्न लगाउने निर्णय पनि गरेको छ । 

संघले प्रमुख कार्यकारी अधिकृत (सीइओ), डेपुटी सीइओ, ब्यवस्थापनका अन्य उच्च कर्मचारीहरु एउटै भवनमा बसेर काम गर्न नपाउने निर्णय गरेको छ । संघले उच्च तहका कर्मचारी एकै ठाउँमा हुँदा एकै पटक संक्रमित हुन सक्ने भन्दै सावधानीका लागि छुट्टाछुट्टै भवनमा बसेर काम गर्न सुझाव दिएको हो । बाकि महत्वपूर्ण निर्णयहरु बैंकहरुको सञ्चालक समितिको बैठक बसेपछि मात्रै टुंगो लाग्ने  भनिएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको