Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकले १०० भन्दा बढी ठाँउमा सिद्धार्थ बिजनेस ग्रुपमा छुटको व्यवस्था गर्ने

भुबी पनेरू

शुक्रबार, ०७ चैत्र २०७६, १६ : २३ मा प्रकाशित

हिमालयन बैंकले  १०० भन्दा बढी ठाँउमा सिद्धार्थ बिजनेस ग्रुपमा छुटको व्यवस्था गर्ने

अर्थ संसार, काठमाडौं -हिमालयन बैंकले काठमाडौं, पोखरा  लगायत देशका विभिन्न १०० भन्दा बढी स्थानमा विशेष छुटको व्यवस्था गरेको छ।

बैंकले ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीसँग यस्तो सम्झौता गरेको हो।

सम्झौता अनुसार उक्त समुहको नेपालका विभिन्न स्थानमा रहेका १९ वटा होटल, रिसोर्ट, रेष्टुराँ, क्याफेलगायतमा १० प्रतिशतको विशेष छुटको व्यवस्था गरेको छ।

बैंकका तर्फबाट बैंकका महाप्रबन्धक उज्जल राजभण्डारी तथा सिद्धार्थ बिजनेस ग्रुपका तर्फबाट निर्देशक प्रभाकर खड्काले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

बैंकले विभिन्न ७५ स्थानबाट सुरु गरेका छुटको व्यवस्था हाल बढाएर १०० वटा भन्दा बढी ठाँउ लागू गरेको जानकारी दिएकाे  छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको