Like us!
Follow us!
Connect us!
Watch us!

मिस नेपाल–२०२०’ प्रतियोगिता राेक्ने निर्णय

भुबी पनेरू

शुक्रबार, ०७ चैत्र २०७६, १७ : ०५ मा प्रकाशित

मिस नेपाल–२०२०’ प्रतियोगिता राेक्ने निर्णय

अर्थ संसार, काठमाडौं –काेराेना भाइरसका कारण ‘मिस नेपाल–२०२०’ प्रतियोगिता तत्कालका लागि स्थगित गर्ने निर्णय भएकाे छ । वैशाख ३ गते हुने भनिएकाे प्रतियोगिता नहुने भएकाे हाे।

“सरकारले गरेको निर्णय अनुसार हामीले पनि प्रतियोगिता केही समयसका लागि स्थगित गरेका छौं,” मिस नेपाल आयोजक संस्था हिडन ट्रेजरका अध्यक्ष दिवाकरराज राजकर्णिकारले भने, “वैशाख १८ गतेसम्मका लागि सरकारले नै ठूलो समूहमा भेला नहुन भनेको छ । त्यसपछिको अवस्था हेरेर कहिले प्रतियोगिता आयोजना गर्ने हो निर्णय गर्ने छौं ।”  


सरकारले चलचित्र घर, सांस्कृतिक केन्द्र, म्युजियम, बार तथा  मनोरञ्जनस्थल बन्द गरेपछि आयोजकले प्रतियोगिता स्थगित गरेको हो ।   

आयोजकले पोखरा, धनगढी, नेपालगञ्ज, बुटवल, पोखरा, चितवन, वीरगञ्ज, धरान र बितामोर्डमा अडिसन सकिसकेको आयोजकले आउँदो शनिबार काठमाडौंमा अडिसन गर्ने तयारी गरेको थियो । 

मिस नेपालको फाइनल आगामी वैशाख ३ मा काठमाडौंको अन्नपूर्ण होटलमा आयोजना हुने तय गरिएको थियो ।   

सयौंको संख्यामा जम्मा भएर आयोजना हुने प्रतियोगिता २५ जनाभन्दा धेरै भेला नहुन निर्देशन दिएकाेले प्रतियोगिताकाे मिति सारिएको हाे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको