अर्थ संसार, काठमाडौं- इटलीमा शनिवार मात्र कोरोना भाइरसका कारण ७९३ जनाको मृत्यु भएको छ । कोरोनाका कारण एकै दिन मृत्यु हुनेको संख्या यो अहिलेसम्मकै उच्च हो । शनिवार थप ७९३ को मृत्यु भएपछि इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८२५ पुगेको छ । यो कोरोनाको उद्गमस्थल चीनकोभन्दा १ हजार ५६४ ले बढी हो ।
कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित देखिएको यूरोपेली मुलुक इटलीले भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि थप कडाई गर्ने त्यहाँको सरकारले शनिवार बताएको छ ।
एकै दिनमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ७९३ पुगेपछि सरकारले नागरिकहरूलाई उनीहरूकै घरहरूमा राख्नका लागि सेनाको सहयोग लिन लागेको बताएको छ ।
इटलीको उत्तरी क्षेत्र खासगरी कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र हो । त्यहाँ सहयोगका लागि पुगेको चिनियाँ स्वास्थ्य टोलीले नागरिकलाई हिडडुलमा रोक लगाउने काम कडा नभएका कारण संक्रमण फैलिने क्रम जारी रहेको बताएपछि प्रशासनले सेनाको सहयोगमा नागरिकहरूलाई घरभित्र सीमित रहने व्यवस्था गरेको छ ।
स्वास्थ्यकर्मीको अनुरोधमा प्रभावित क्षेत्रलाई लकडाउन ९बन्द० गर्न सेना प्रयोग गर्न गरिएको अनुरोधलाई सरकारले स्वीकार गरेको लोम्बार्डीका प्रशासन प्रमुख एटिलियो फोन्टानाले बताए ।
उनले लोम्बार्डी क्षेत्रमा ११४ सैनिक परिचालन गरिएको र आवश्यकता अनुसार यो संख्यालाई बढाइने बताए । इटलीमा सबैभन्दा पहिले लोम्बार्डीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । एजेन्सी
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस