Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधिसभाको वैठक बस्दै चार विधयेक पेश हुने

अर्थ संसार

विहीबार, १८ असार २०८३, १० : ११ मा प्रकाशित

प्रतिनिधिसभाको वैठक बस्दै चार विधयेक पेश हुने

संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे संसद भबन सिंहदरबारमा बस्न लागेको हो ।

आजको प्रतिनिधिसभाको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । त्यसैगरि  प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले “सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३” माथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची रहेको छ । उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने र सो विधेयकलाई पारित गरियोस् भनी मन्त्री गौतमले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

आजको बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले “सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३” माथि दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची रहेको छ  । त्यसैगरि आजको बैठकमा सहकारी क्षेत्रमा देखिएका समस्या र नियमनका बनाइएको  “सहकारी (पहिलो संशोधन) विधेयक, २०८३” लाई पनि बैठकमा निर्णयार्थ प्रस्तुत गरिनेछ। माननीय भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले उक्त विधेयकमाथि दफावार छलफल र पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेका छन् । 

आजको बैटकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले “स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३” माथि दफावार छलफल र पारितका लागि सदनसमक्ष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुची रहेकको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको