Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा Donation Box हस्तान्तरण

निशा हुमाँगाई

आइतबार, ०९ चैत्र २०७६, १६ : ३२ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा Donation Box हस्तान्तरण

अर्थ संसार, काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गण्डकी प्रदेश , मुस्ताङ जिल्लाको बारा मुक्तिक्षेत्र गाउँपालिका स्थित श्री मुक्तिनाथ मन्दिरलाई Donation Box प्रदान गरेको छ ।

उक्त सहयोगले श्री मुक्तिनाथ मन्दिर परिसरमा दर्शन गर्न आउने भक्तजनहरूले चढाउने नगद रूपैयाँको व्यवस्थापनमा सहयोग पुग्नेछ । बैंक र उक्त संस्था बिच आयोजित एक कार्यक्रममा बैंकको तर्फबाट डेभलपमेन्ट बैंकका शाखा प्रमुख राजिव पौडेलले गण्डकी प्रदेशका सांसद माननिय महेन्द्र बहादुर थकाली तथा मुक्तिनाथ विकास समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वेद प्रसाद अर्याललाई हस्तान्त्तरण गरेका हुन् ।

 त्यस्तै, बैंकले आफ्ना ग्राहकहरूलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९१ शाखा कार्यालयहरूबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरूलाई सहयोग गर्दै आईरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको