Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ्ग सेवा बन्द नहुने, विद्युतीय काराेबारमा थप प्राेत्साहन

निशा हुमाँगाई

आइतबार, ०९ चैत्र २०७६, १७ : ४१ मा प्रकाशित

बैंकिङ्ग सेवा बन्द नहुने, विद्युतीय काराेबारमा थप प्राेत्साहन

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकिङ्ग सेवाहरूलाई सुचारू राख्नका लागि आग्रह गरेकाे छ । बैंकले आज (आइतबार) एक सूचना जारी गरी यस्ताे निर्देशन दिएको हाे । 

राजपत्रमा उल्लेखित अत्यावश्यक सेवाको सूचीमा बैंक तथा वित्तीय संस्था पनि परेकाे हुनाले नियमित रुपमा सञ्चालन राख्न राष्ट्र बैंकले आग्रह गरेकाे हाे ।

साथै, कर्मचारीहरूमा हुन सक्ने संक्रमणलाई मध्यनजर गर्दै बैंकले उनीहरकाे सुरक्षाको लागि आवश्यक न्यूनतम स्वास्थ्य सुरक्षाका उपायहरु जस्तै मास्क, सेनिटाइजर, पञ्जा आदि अनिवार्य रुपमा अबलम्बन गरी सजगताका साथ सेवा सूचारू गर्न निर्देशन दिएकाे छ ।

त्यस्तै, सेवाग्राहीहरूकाे भीडभाड नहुने सुनिश्चितताका साथ सेवा प्रवाह गर्न समेत राष्ट्र बैंकले आह्वान गरेकाे छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको