Like us!
Follow us!
Connect us!
Watch us!

एक साताका लागि बन्द हुँदै भारत र चीनतर्फका सबै नाका

सराेज खनाल

आइतबार, ०९ चैत्र २०७६, १९ : ४१ मा प्रकाशित

एक साताका लागि बन्द हुँदै भारत र चीनतर्फका सबै नाका

अर्थसंसार, काठमाडाैं- साेमबारबाट भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द हुने भएका छन्। काेराेना संक्रमणकाे त्रास बढेसंगै सरकारले यस्ताे निर्णय लिएकाे हाे।

आइतबारको मन्त्रिपरिषद्को बैठकले भोलि विहान १० बजेबाट एक साताका लागि नाका बन्द निर्णय गरेको हो ।

भारतमा कोरोनाको संक्रमण देखिएपछि नेपालले सीमा नाका बन्द गर्ने प्रस्ताव राखेको थियो । तर, भारतले ठोस जवाफ नदिँदा निर्णय हुन सकेको थिएन ।

त्यस्तै भारतमा बसेका नेपाली धमाधम घर फर्किरहेका छन् । जसले कोरोनाको संक्रमण फैलिने जोखिम बढेपछि शनिबार बसेको कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकमा मन्त्रीहरुले नै भारत सहमत नभए एकतर्फी रुपमै भएपनि सीमा नाका बन्द गर्नुपर्नेमा जोड दिएका थिए ।

केही जिल्लाले आइतबार स्थानीय स्तरमा सहमति गरेर नाका बन्द गर्ने निर्णय पनि गरेका छन् ।

भारतले पनि आइतबार मध्यरातिबाट लागू हुने गरी अन्तरप्रदेश बस सेवा र रेल्वे बन्द गर्ने निर्णय गरेको छ । लगत्तै नेपालमा मन्त्रिपरिषद बैठकले पनि एक साताका लागि चीन र भारततर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको