Like us!
Follow us!
Connect us!
Watch us!

हेर्नुहाेस् चैत १० गते साेमवारकाे आर्थिक राशिफल

सराेज खनाल

सोमबार, १० चैत्र २०७६, ०६ : ५२ मा प्रकाशित

हेर्नुहाेस् चैत १०  गते साेमवारकाे आर्थिक राशिफल

(मेष राशि) चन्द्रमा कमजोर रहनाले बैंक व्यालेन्समा घाटा सहने बेला आएको छ । फलफूल, तरकारी, जूस, प्लाष्टीकजन्य, तरल पदार्थजन्य वस्तुको व्यवसाय गर्दा राम्रो हुनेछ ।


(बृष राशि)पिताको कामबाट बढी लाभ पाइने छ । पैतृक सम्पती पाइने योग छ । औषधी, विष, पानपराग, गुड्का, खैनी, रक्सी केमिकल सम्बन्धी व्यवसायका लागि राम्रो दिन छ । 


(मिथुन राशि)स्वास्थ्य सम्बन्धी काम, पठान–पाठनको काम, फलफूल, तरकारी, जूस व्यवसायका लागि राम्रो छ । 


(कर्कट राशि)ऋणको कारणले मनलाई शान्त राख्न गाहे होला । आर्थिक कारोबारले व्याज धान्न नसकेर भाग्ने आवस्था तर्फ मन जान्छ । आफन्तबाट ऋण लिनाले समस्या उत्पन्न हुन सक्छ ।


(सिंह राशि)खानी चलाउने, जमीन मुनिको सुरुङ सम्बन्धी कामको लागि राम्रो समय छ । ऋण थपिने बेला छ । बैंकबाट ऋण नलिनु उपयुक्त हुन्छ । 


(कन्या राशि)सौतेनी ग्रह परेकाले घर झगडाबाट जोगिनु होला । माता–पिताले दिएको सल्लाह समेत विष सरह हुनेछ । गायन क्षेत्रका व्यवसायीका लागि राम्रो योग छ । 


(तुला राशि)फार्मेसी, व्युटीपार्लर, फेशनेवल र डेरी सम्बन्धी काम गर्नेहरुका लािग समय राम्रो छ ।

 
(वृश्चिक राशि)कोर्ट कचहरी चलाउनेहरुका लागि राम्रो दिन छ । विदेशबाट फर्कनेहरुका लागि राम्रो छ तर यात्रामा सावधानी अपनाउनुु बुद्दिमानी हुनेछ । जुस स्टेरका लागी राम्रो छ । 


(धनु राशि)मातासित कारोबार गरेको भए झगडा हुने दिन छ । धारा, बाथरुम, बिजुलीसम्बन्धि व्यवसायिक फर्मलाई राम्रो दिन छ ।

 
(मकर राशि)मकर राशिको लागि आजको दिन त्यति राम्रो छैन । कुटुम्बलाई ऋण दिँदै हुनुहुन्छ भने मायाँ मार्नु पर्ने अवस्था आउँछ ।

 
(कुम्भ राशि)इलेक्ट्रोनिक सम्बन्धि व्यवसायका लागि राम्रो दिन रहेको छ । सेयर बजारमा लगानीको समय रहेको छ ।  डुुबेको सम्पती फिर्ता हुने बेला आएको छ । पैतृक सम्पती बेचेर स्थान परिवर्तन गर्नुपर्ने देखिन्छ ।


(मिन राशि)औषधी, फलफुुल, लत्ता–कपडा र प्लास्टिकजन्यवस्तुको आयात निर्यात गर्नेहरुका लागि राम्रो दिन छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको