Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले लकडाउन घाेषणा गरेसँगै चीनले भन्याे- 'हामी नेपालको साथमा छौं'

सराेज खनाल

मंगलबार, ११ चैत्र २०७६, ०९ : ११ मा प्रकाशित

सरकारले लकडाउन घाेषणा गरेसँगै चीनले भन्याे- 'हामी नेपालको साथमा छौं'

अर्थसंसार, काठमाडाैं- कोरोना संक्रमणविरुद्धको अभियानमा चीनले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । सरकारले कोरोनाकाे विपत्तिलाई मध्यनजर गर्दै देशभर लकडाउनको घोषणा गरेसँगै चिनियाँ राजदूत होउ यान्छीले चीन नेपालको साथमा रहेको बताएकी हुन् ।

लकडाउनको घोषणा गरेलगत्तै राजदूत यान्छीले ट्वीट गर्दै नेपाललाई सहयोग गर्न चीनले मेडिकल सामाग्रीहरु मिलाउँदै गरेको र आवश्यक सहयोग गर्न तयार रहेको बताएकी छिन् । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिँदै गएपछि चीनले आवश्यक सहयोगको सूचि नेपालसँग पनि मागेको थियो।

चीनले सहयोगको सूची मागेलगत्तै नेपालले केही महत्वपूर्ण स्वास्थ्य सामाग्रीहरुको सूची उपलव्ध गराइसकेको छ । सोमबार बिहान ६ बजेदेखि नेपालमा सरकारले देशैभर लकडाउन घोषणा गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको