Like us!
Follow us!
Connect us!
Watch us!

धनगढीस्थित गाैरीफन्टा नाकामा झडप, प्रहरीले राेकेपछि सयाैं नेपाली अलपत्र

सराेज खनाल

मंगलबार, ११ चैत्र २०७६, १० : ५४ मा प्रकाशित

धनगढीस्थित गाैरीफन्टा नाकामा झडप,  प्रहरीले राेकेपछि सयाैं नेपाली अलपत्र

अर्थसंसार धनगढी- कैलालीकाे धनगढीस्थित नेपाल भारत सीमा नाका गौरीफण्टामा भारतबाट नेपाल फर्किरहेका नेपालीहरुलाई प्ररीले रोक्न खाजेपछि झडप भएकाे छ।

ठूलो संख्यामा भारतबाट आएका नेपालीहरुले नेपाल प्रवेश गर्न खोजेका थिए । तर उनीहरुलाई प्रहरीले सीमामै रोक्न खोजेपछि स्थिति तनावग्रस्त बनेको हाे । झडपमा परी केही प्रहरी सामान्य घाइते भएका छन् ।

सरकारले मुलुकभर मांगलबार बिहान देखि ‘लकडाउन’ गरेको छ । यसैबेला भारतका विभिन्न शहरहरुवाट नेपाल आउँदै गरेका नेपालीहरु सीमा नाकामा बिचल्लीमा परेका छन् ।

कैलालीको भारतसँग सीमा जोडिएको गौरीफण्टा नाका र कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल भित्रिरहेका सयौँ नेपाली बिचबाटोमै अलपत्र भएपछि बिचल्लीमा परेका हुन् ।

 

नेपालमा लकडाउन गरिएपछि उनीहरुलाई नेपाल प्रवेश गर्न दिइएको छैन । विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइसरको संक्रमण भारतमा पनि बढ्दै गएपछि अहिले सुदूरपश्चिम प्रदेशसहित विभिन्न ठाउँका नागरिकहरु आ आफ्नो गाउँघर तिर फर्किरहेका छन् ।

गौरीफण्टा सीमा नाकामा राति नै पुगेको भएपनि उनीहरुलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । उनीहरुले खाना र पानी समेत नपाएको भन्दै आक्रोश पोखेका छन् ।

सीमामा रहेका नेपालीहरुको व्यवस्थापनका लागि पहल भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको