Like us!
Follow us!
Connect us!
Watch us!

नियम उलङ्घन गरी जथाभावी सडकमा हिँड्ने १० जना पक्राउ

सराेज खनाल

मंगलबार, ११ चैत्र २०७६, ११ : ४४ मा प्रकाशित

नियम उलङ्घन गरी जथाभावी सडकमा हिँड्ने १० जना पक्राउ


अर्थसंसार, चितवन- सरकारले अतिआवश्यक काम बाहेक ननिस्किन आग्रह गरी लकडाउनकाे घाेषणा गरेपनि सर्वसाधरणले साे कुरा पूर्ण रूपमा लागु गरेका छैनन् ।

घरबाहिर जथाभावी ननिस्कन गरेको आग्रहलाई उलंघन गरी हिडेका १० जनालाई चितवन प्रहरीले पक्राउ गरेकाे छ।

चितवनको विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिइएको चितवनका एसपी नान्तीराज गुरूङले बताए । उनीहरूलाई जिल्ला प्रशासन कार्यालयमा कारबाहीका लागि उपस्थित गराइने भएकाे छ ।

एसपी गुरूङले भने, ‘जथाभावी सडकमा हिँड्नेलाई नियन्त्रणमा लिएका हौं। दश जनालाई विभिन्न ठाउँमा पक्राउ गरिएको छ। उनीहरूलाई कारबाही गरिने उनले बताए।

सरकारले सोमबार विहान ६ बजेदेखि एक सातासम्म नागरिकलाई घरभित्रै बस्न आग्रह गरेको छ। कोरोनाभाइरस संक्रमित एक जना विरामीको नेपालमा उपचार भइरहेको छ। संक्रमण फैलन नदिन सरकारले उच्च सतर्कता अपनाएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको