Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना विशेष अस्पतालमा राखिएको एकको मृत्यु

सराेज खनाल

मंगलबार, ११ चैत्र २०७६, १२ : ४१ मा प्रकाशित

कोरोना विशेष अस्पतालमा राखिएको एकको मृत्यु

अर्थसंसार, चितवन -  चितवनकाे भरतपुरस्थित कोरोना विषेश अस्पतालमा  आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएकाे छ ।

अस्पतालका अनुसार उनकाे मृत्यु मंगलबार विहान ७ बजे उपचारका क्रममा भएकाे हाे । उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो ।

उनको शव अस्पतालमै राखिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो ।

उनीलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो, तर कोरोना संक्रमण भएनभएको रिपोर्ट आउन बाँकी छ ।

उनको स्वाबको नमुना सोमबार नै संकलन गरिएको र मंगलबार विहान विमानबाट मात्र पठाइएको अस्पताल स्रोतले जनाएको छ ।

बजारमा स्यानिटाइजरको अभाव, घरमै यसरी बनाउनुहोस स्यानिटाइजर (तरिकासहित) 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको