Like us!
Follow us!
Connect us!
Watch us!

यशुका अनुयायी बने कोरोना लाग्दैन भनेर भ्रम फैलाउने पास्टर पक्राउ

सराेज खनाल

मंगलबार, ११ चैत्र २०७६, १३ : ३४ मा प्रकाशित

यशुका अनुयायी बने कोरोना लाग्दैन भनेर भ्रम फैलाउने पास्टर पक्राउ

अर्थसंसार, पोखरा- नेपालमा पनि काेराेना भाइरस संक्रमणकाे त्रास फैलिरहेका बेला भ्रम फैलाएर यशुकाे प्रचार गर्ने एक युवक पक्राउ परेका छन् ।

यशुका अनुयायी बने कोरोना भाइरसले छुँदैन भन्दै भ्रम फैलाउने केशवराज आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जुम्ला घर भइ हाल पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्दै आएका आचार्यले फुकेरै मन्त्र र रूमालबाट पायल्सबाट निको बनाइदिने प्रवचन दिएका थिए ।

अहिले कोरोनाको संन्त्रासमा आचार्यले यशुको अनुयायीलाई कोरोना भाइरसले नछुने प्रवचन दिएका थिए । आचार्य प्रशस्त कटनी मण्डलीका पास्टर हुन् ।आचार्यले क्रिश्चियन धर्म माने कोरोना भाइरसले नछुने भ्रम फैलाउने काम गरेकाले पक्राउ गरिएको कास्कीका एसपी दानबहादुर कार्कीले बताए ।

धर्मका नाममा भ्रम र अफवाह फैलाएको भन्दै उनलाई मुद्दा चलाउने तयारी भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको