विवेक अर्याल
अर्थ संसार, धादिङ -भारतवाट फर्किएका धादिङको गल्छी गाँउपालिका स्थित् गोगनपानीका १६ युवाहरुलाई गल्छी बैरेनीमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिएको छ ।
भारतवाट फर्किएका मध्यको १ जनालाई ज्वरो आएपछि १६ जनालाईनै क्वारेन्टाईनमा राखिएको गल्छी गाउँपालिकाको स्वास्थ्य प्रमुख राम प्रसाद ज्ञवालीले बताए । स्वास्थ्य प्रमुख ज्ञवालीका अनुसार उनिहरुलाई १४ दिन सम्म क्वारेन्टाईनमा राखेर स्वास्थ्य परिक्षण गरिने छ ।
यदी ज्वरो आएको व्यक्ति तथा अन्य व्यक्तिमा जटिल समस्या देखिए काठमाण्डौ लैजाने ब्यबस्था मिलाईएको समेत स्वास्थ्य प्रमुख ज्ञवालीले बताए ।
यता क्वारेन्टाईनमा राखिएकाहरुलाई खाना र खाजा लगायतकोे व्यवस्था गाउँपालिकालनैे गर्ने गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठले बताए ।
यस अघीनै सम्भावित जोखिमलाई मध्यनजर गर्दै बैरेनी स्थित् बागेश्वरी माध्यमिक विद्यालयमा २५ शैयाको क्वारेन्टाईन कक्ष निर्माण गरिएको थियो । उनिहरुलाई सोही कक्षमा राखिएको समेत अध्यक्ष कृष्णहरी श्रेष्ठले बताए ।
खुल्लामञ्चमै टेन्ट राखेर क्वारेन्टाइन
जिल्ला सदरमुकाम धादिङबेसीमा खुल्ला मञ्चमै टेन्ट राखेर थप क्वारेन्टाइनको व्यवस्था गरिएको छ ।कोरोना भाइरसका शंकास्पद व्यक्तिलाई राख्नका लागी खुल्ला मञ्चमा ४० ओटा टेन्ट राखेर क्वारेन्टाइन बनाइएको हो ।
जिल्ला विपद व्यवस्थापन समितिको अगुवाइमा क्वारेन्टाइन तयार गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रजिअ. अस्मान तामाङले बताए ।
१सय टेन्ट व्यवस्था गर्ने योजना रहेपनि त्यतिको संख्यामा टेन्ट पाउन नसक्दा ४० ओटा टेन्टमा क्वारेन्टाइन व्यवस्था मिलाइएको समेत प्रजिअ. तामाङले बताए ।
उपलव्ध भएको ६० ओटा टेन्ट मध्ये ४० ओटा टेन्ट खुल्ला मञ्चमा तयारी अबस्थामा राखिएको छ भने २० ओटा टेन्ट आपतकालिन अवस्थामा जहाँसुकै राख्न सकिनेगरी व्यवस्था मिलाइएको तामाङले जानकारी दिए ।
कोरोना भाइरस संक्रमणको सूचना तत्काल प्राप्त गर्नेदेखि परीक्षण गर्ने, क्वारेन्टाइनमा राख्ने, आइसोलेसनमा राख्ने र औषधोपचार गर्नेसम्मका सबै व्यवस्थापन गरेको पनि प्रजिअ तामाङ बताए ।
सरकारको निर्णय अनुसार कोरोना भाइरसको संक्रमण भएको शंका लागेकाहरुलाई राख्न स्थानिय तहसंग छलफल गरी धादिङका विभिन्न स्थानमा क्वारेन्टाइन समेत बनाएको प्रजिअ तामाङ बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस