Like us!
Follow us!
Connect us!
Watch us!

भारतबाट आएका ३११ क्वारेन्टाइनमा

निशा हुमाँगाई

शुक्रबार, १४ चैत्र २०७६, १३ : १६ मा प्रकाशित

भारतबाट आएका ३११ क्वारेन्टाइनमा

अर्थ संसार, काठमाडौं – भारतका विभिन्न शहरबाट काम गरेर आफ्ना घर फर्किएका ३११ स्थानीवासीलाई क्वारेन्टाइनमा राखिएको छ ।

पुरुष २५८, महिला २८ र बालबालिका २५ जना जिल्लाका विभिन्न स्थानमा बनाइएका क्यारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरिक्षक दिलीपसिंह देउवाले जानकारी दिएका छन् ।

उनका अनुसार आज मात्रै कैलाली र कञ्चनपुर क्षेत्रबाट कम्तीमा पनि १५ जना डोटीका बासिन्दा आउँदै छन् । कैलालीबाट आउँदै गरेकाहरुलाई पनि सम्बन्धित स्थानीय तहका क्वारेन्टाइनमा राख्नका लागि व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कामका लागि भारत गएका जिल्लावासी अहिले भारतमा उनीहरु काम गर्ने कम्पनी बन्द हुन थालेपछि घर फर्किन थालेका छन् । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको