Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउन ८ दिन थप

अर्थ संसार

आइतबार, १६ चैत्र २०७६, १७ : ४२ मा प्रकाशित

लकडाउन ८ दिन थप

अर्थ संसार, काठमाडौं - विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारणले सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन ८ दिन थप्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो । सो लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ ।

त्यसपछि पनि थप ८ दिन लकडाउन हुनेछ । नेपालमा ५ जनालाई कोरोना भाइरसले संक्रमित गरेको छ । जसमा १ जनालाई पूण निको भई घर फर्केका छन् भने बाँकी ४ जनाको उपचार भैरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको