Like us!
Follow us!
Connect us!
Watch us!

शेयर काराेबार थप एक साता बन्द

निशा हुमाँगाई

सोमबार, १७ चैत्र २०७६, १० : ३३ मा प्रकाशित

शेयर काराेबार थप एक साता बन्द

अर्थ संसार, काठमाडौं - शेयर काराेबार थप एक साताका लागि बन्द हुने भएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले थप एक साताका लागि शेयर बजार बन्द राख्ने निर्णय गरेको हाे । 

नेपाल धितोपत्र धितोपत्र बोर्डले विषम परिस्थितीमा विद्यमान कानुनको परिधिमा रहेर उचित निर्णय लिन नेप्सेलाई पत्राचार गरेसँगै साेमबार नेप्सेकाे सञ्चालक समितिको अनलाइन मार्फत बसेकाे बैठकले एक साताका लागि बजार बन्द गर्ने तयारी गरेको नेप्सेका महाप्रवन्धक चन्द्रसिंह साउदले जानकारी दिएका छन् । 

त्यस्तै, हाल विश्वभर महामारीकाे रुपमा फैलिएको कोरोना संक्रमण राेकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउनको अवधि थप गरेसँगै नेप्सेले पनि बजार थप एक साता बन्द गर्न लागेको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको