Like us!
Follow us!
Connect us!
Watch us!

काेराेना कोषमा २२ करोड रूपैयाँ जम्मा

निशा हुमाँगाई

बुधबार, १९ चैत्र २०७६, १३ : ०७ मा प्रकाशित

काेराेना कोषमा २२ करोड रूपैयाँ जम्मा

अर्थ संसार, काठमाडौं - सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा मङ्गलबारसम्म २२ करोड ३२ लाख ३७ हजार ५६९ रूपैयाँ जम्मा भएको छ ।

सरकारले गत चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकले कोष स्थापना गर्दै कोरोना भाइरसको रोकथामका लागि कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले दैनिक कोषमा रकम जम्मा भइरहेको जानकारी दिएका छन् । उनका अनुसार कोषमा मङ्गलबारमात्र नेपाल औद्योगिक महासङ्घले रु ५० लाख, रु एक लाखभन्दा कम दिएकाबाट रु एक करोड नौ लाख २९ हजार २४ जम्मा भएको छ । सरकारले कोषमा रकम जम्मा गर्न आह्वान गरेपछि सांसद, कर्मचारी, उद्योगीले जम्मा गरिरहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिना, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले एक महिनाबराबरको रकम उक्त कोषमा जम्मा गरिसकेका छन् । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको