Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउन प्रभाव : रगतको चरम अभाव

निशा हुमाँगाई

विहीबार, २० चैत्र २०७६, ११ : १७ मा प्रकाशित

लकडाउन प्रभाव : रगतको चरम अभाव

अर्थ संसार, काठमाडौं – रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापाले स्वेच्छिक रक्तदानका लागि आह्वान गरेको छ । सरकारले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन गरेपछि रक्तदानसमेत ठप्प भएको छ ।

सोसाइटीका झापा अध्यक्ष लोकराज ढकालले तत्काल रक्तदान अभियान सञ्चालन नगरिने हो भने जिल्लामा रगतको हाहाकार हुनसक्ने बताएका छन् । सरकारले अस्पतालको ओपिडी सेवा बन्द गराए पनि सुत्केरी, डायलासिस र आकस्मिक शल्यक्रियाका लागि रगतको माग उच्च छ ।

त्यसैगरी, विर्तामोड ब्लडबैंकबाट बीएण्डसी हस्पिटल, विर्तासिटी हस्पिटल, कनकाई हस्प्टिल, कञ्चजङ्घा हस्प्टिल, सञ्जीवनी हस्पिटल, मनमोहन सामुदायिक हस्पिटललगायत ठूला अस्पतालमा रगतको आपूर्ती हुँदै आएको छ । विर्तामोड ब्लडबैंकमा आज बिहानसम्ममा जम्मा १२ पिन्ट मात्र रगत मौज्दातमा रहेको विर्तामोड रेडक्रस सोसाइटी उपशाखाका अध्यक्ष शिवोकोटीले बताएका छन् । रेडक्रस सोसाइटीले विर्तामोडको बीएण्डसी हस्पिटल परिसरमा सञ्चालन गरेको ब्लडबैंकमा पनि रगतको मौज्दात सकिएको छ । – रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको