Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना नियन्त्रण कोषमा कर्मचारी सञ्चय कोषको ५ करोड सहयोग

अर्थ संसार

विहीबार, २० चैत्र २०७६, १४ : २९ मा प्रकाशित

कोरोना नियन्त्रण कोषमा कर्मचारी सञ्चय कोषको ५ करोड सहयोग

अर्थ संसार, काठमाडौं-  कर्मचारी सञ्चय कोषले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि ५ करोड रूपैंया आर्थिक सहयोग प्रदान गरेको छ ।

कोषले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वव्यापी रूपमा महामारी फैलाएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई फैलिन नदिन तथा सो को रोकथाम एवम् नियन्त्रणको लागि नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्धारा स्थापना गरिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ करोड रूपैंया आर्थिक सहयोग गरेको हो । 

कर्मचारी सञ्यच कोषको संचालक समितिको अध्यक्षमा (अर्थसचिव  राजस्व) का रामशरण पुडासैनीलाई नेपाल सरकाले नियुक्त गरको छ । पुडासैनी कोषको अध्यक्षमा नियुक्ति भएसँगै बुधबार बेलुका बसेको पहिलो बैठकले कोरोना नियन्त्रणको  लागि ५ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको