Like us!
Follow us!
Connect us!
Watch us!

AGM मा शेयरधनीलाई एजेण्डा भन्दा खाना र खाजाको लोभ ! (भिडियोसहित )

अर्थ संसार

सोमबार, २४ चैत्र २०७६, ०५ : २५ मा प्रकाशित

AGM मा शेयरधनीलाई एजेण्डा भन्दा खाना र खाजाको लोभ ! (भिडियोसहित )

अर्थ संसार, काठमाडौं -पव्लिक कम्पनीको साधारणसभा शेयरधनीको लागि एउटा पर्व हो । जहाँ कम्पनीको सचालक समितिको र व्यवस्थापनको टिकाटिप्पणी गर्ने गरिन्छ । साधारणसभा कम्पनीको भविश्व कोर्ने दिनको रुपमा पनि हेरिन्छ ।

शेयरधनीको सल्लाह, सुझाव अनुसार नै कम्पनीको भोलीको दिनको बाटो तय गरिन्छ । तर, नेपालको सन्दर्भमा भने ठिक उल्टो देखिन्छ । यहाँको साधारणसभामा शेयरधनीलाई कम्पनीको प्रस्तावित एजेण्डा भन्दा पनि खाजा र खानाको लोभ भएको देखिएको छ ।

कम्पनीले के कस्ता प्रस्तावहरु साधारणसभा राखेको भन्दा पनि साधारणसभामा कस्तो खान र खाजा भएको ध्यान शेयरधनी छ । राम्रो खाना वा खाजा भएको कम्पनीमा शेयरधनीको घुइचो लाग्ने गर्दछ । राम्रो खाना वा खाजा भएको कम्पनीलाई राम्रो कम्पनी भन्ने चलन शेयरधनीको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकको विशेष साधारणसभा ,लगानीकर्ताको खाजा खोसाखोस

वर्षमा १ पटक हुने एजिएममा शेयरधनीलाई राम्रो खाना वा खाजा खुवाउने स्वाभाविक हो । तर, शेयरधनी १ जना आउने घरको सवैको शेयरधनको नाम टिपाएर सवैको खाना वा खाजा पोको पारेर घर लैजाने चलन प्रसस्तै देखिन्छ ।

 राम्रो खाना वा खाजा खुवाउने कम्पनीले शेयरधनीलाई कति प्रतिफल दियो, कम्पनीको वित्तीय विवरण कस्तो छ? संचालकको गतिविधि कस्तो छ ? मतलव छैन । बाठा कम्पनीलेहरुले साधारणसभा चलरहँदा पार्टी प्यालेसको खाना खुवाउने हलामा खाना खुलाउने र यता सभा हलमा आफ्नो हितका एजेण्डाहरु सजिलै सँग पारित गर्ने चलाखिपूर्ण कार्य गर्दै आइरहेका छन् ।शेयरधनीलाई मतलव छैन, छ त मिठा खाना र खाजाको ।जसले गर्दा करोडौं लगानी गर्ने लगानीकर्ता मारमा परेका छन् ।

आँखुखोला जलविद्युतले झुक्कायो शेयरधनीलाई,कोरम नपुगेको भन्दै सभा स्थगित,आक्रोशितले गरे तोडफोड

त्यति, मात्रै होइन, शेयरधनीको विराधेपछि पनि आफ्नो एजेण्डाहरु जवरजस्त पारित गर्ने चलन पनि छ । जसले गर्दा सभालमै हो होल्ला मच्चिनुका साथै हातपात समेत हुने गरेको छ ।जसले गर्दा करोडौं लगानी गर्ने लगानीकर्ता मारमा परेका छन् ।

एनसीसीको साधारणसभामा शेयरधनीहरूको चर्को स्वर, आखिर किन ?

Citizens Bankको साधारणसभामा खैलाबैला : शेयरधनीले पारित हुन दिएनन् संचालकको पारिश्रमिक र भत्ता

Nepal Telecom को साधारणसभामा शेयरधनीको ‘शान्ति स्वस्ती’

लक्ष्मी बैंकका शेयरधनी इन्द्र कृष्ण श्रेष्ठ भन्छन विज्ञापन खर्च बढी भो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको