अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण नदेखिएको जनाएको छ ।
मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप नयाँ कोरोना सङ्क्रमित व्यक्ति नभएको बताएका छन् । उनले तीन हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमणको नमूना परीक्षण गरेको बताएका छन् ।
उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म कूल २८९५ नमूना परीक्षण सम्पन्न भएका छन् । जसमा काठमाडौँ उपत्यकामा रहेको प्रयोगशालामा २३८२ र उपत्यका बाहिर ५१३ नमूना परीक्षण भएका छन् भने १९३ परीक्षण भइरहेका छन् ।
हालसम्म नेपालभरि सात हजार ९४० जना क्वारेन्टाइनमा छन् । आइसोलेसनमा रहेका व्यक्तिको सङ्ख्या भने ११७ रहेको छ । सोमध्ये काठमाडौँ उपत्यकामा १८ र उपत्यका बाहिर ९९ रहेका छन् । मन्त्रालयका प्रवक्ता देवकोटाले प्रत्येक प्रदेशमा क्वारेन्टाइनमा रहेका व्यक्तिको परीक्षणका लागि प्रतिप्रदेश पाँच हजारका दरले र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) सामग्री प्रदान गरिएको बताएका छन् ।
बाग्लुङ, म्याग्दी र पर्वतका स्वास्थ्कर्मीलाई र्यापिड डाइग्नोस्टिक टेस्टसम्बन्धी तालिम दिइएको र परीक्षणसमेत शुरु गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ । त्यसैगरी कैलाली र कञ्चनपुरमा हालसम्म ६६ टेस्ट गरिएको छ भने सबैको रिपोर्ट नेगेटिभ आएको मन्त्रलायको भनाइ छ ।
हेर्नुहाेस् भिडियाे :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस