Like us!
Follow us!
Connect us!
Watch us!

धादिङ मैदीका एक जनामा र्यापिड टेष्टमा कोरोना पोजेटिभ, धादिङ अस्पताको आइसोलेसनमा भर्ना

अर्थ संसार

बुधबार, ०३ बैशाख २०७७, ०९ : ३५ मा प्रकाशित

धादिङ मैदीका एक जनामा र्यापिड टेष्टमा कोरोना पोजेटिभ, धादिङ अस्पताको आइसोलेसनमा भर्ना

अर्थ संसार, काठमाडौं-  धादिङ जिल्लाको ज्वालामुखि गाउँपालिका वडा ३ अमराईका २७ वर्षिय एक युवकमा र्यापिड टेष्ट (द्रुत गतिको परिक्षण) गर्दा कोरोना पोजेटिभ देखिएको छ । जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं.२ स्थित मैदी स्वास्थ्य चौकीमा मंगलबार गरिएको आरडिटीले २७ वर्षिय युवकमा कोरोना पोजेटिभ देखिएको हो ।

ती युवक गत फागुन २० गते दक्षिण कोरियाबाट फर्किएर होम क्वारेन्टाइनमा बसेका थिए । धादिङको एक एनजिओमा काम गर्ने ती युवा कामको सिलसिलामा कोरियामा पुगेका नेपाल फर्किएका थिए ।

ती युवकमा र्यापिड टेष्ट (द्रुत गतिको परिक्षण) गर्दा कोरोना पोजेटिभ देखिएपछि जिल्ला  अस्पताल धादिङको आइसोलेसनमा भर्ना गरिएको वडा नम्वर ३ का वडा अध्यक्ष रुद्रमान श्रेष्ठले अर्थ संसार डट कम लाई जानकारी दिए । वडा अध्यक्ष श्रेष्ठको अनुसार संक्रमित  युवाको अवस्था सामान्य रहेको छ ।

र्यापिड टेस्टबाट रिपोर्ट पोजिटिभ देखिएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब टेस्ट गरेपछि मात्र पोजेटिभ भए नभएको यकिन हुने स्वास्थ्य कार्यलय धादिङका महामारी फोकल पर्सन दिपक अछामीले बताए ।

युवकको स्वाव परिक्षणको लागि काठमाण्डौं पठाउने तयारी भईरहेको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ । ति युवकका परिवारलाई गाउँपालिकाकै क्वारेण्टीनमा राख्ने तयारी भैरहेको छ ।

रोग* बाट आफु पनि बचौ अरुलाई पनि बचाऔ ; घरमै यसरी बनाउनुहोस् स्यानिटाइजर

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको