अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २४ घण्टाभित्र १३ जना रेड जोनमा परेकाे जनाएकाे छ ।
मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले विभिन्न ठाँउबाट र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण गर्दा पाेजेटिभ रिपाेर्ट रहेकाे बताएका छन् । यसरी परीक्षण गर्दा पाेजेटिभ देखिएकाे रिपाेर्टलाई थप पीसीआर प्रविधिबाट परीक्षण गरि नतिजा सार्वजनिक गरिने उनले बताएका छन् ।
यसैगरी उनले कोरोना संक्रमितको पहिचान सार्वजनिक नगर्न समेत सम्पूर्णमा अनुराेध गरेका छन् । विभिन्न सञ्चार माध्यमहरूमा कोरोना संक्रमित व्यक्तिहरूको नामसहितको विस्तृत विवरण प्रकाशनमा आएको र बिरामीको अनुमतिबिना यस्तो विवरण प्रकाशन र प्रसारण नगर्न देवकोटाले आग्रह गरेका छन् ।
भिडियाेमा हेर्नुहाेस् अन्य विवरण :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस