Like us!
Follow us!
Connect us!
Watch us!

एनसेलले पनि सुरु गर्‍यो कोरोना भाइरसको सर्वेक्षण

सराेज खनाल

विहीबार, ०४ बैशाख २०७७, ०९ : ३६ मा प्रकाशित

एनसेलले पनि सुरु गर्‍यो कोरोना भाइरसको सर्वेक्षण

अर्थसंसार, काठमाडौं –  एनसेलले पनि कोरोना भाइरस 'कोभिड–१९' संक्रमितहरुको सर्बेक्षण सुरु गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहकार्यमा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले यूएसएसडी माध्यमबाट सर्वेक्षण शुरु गरेको हो ।

यस सर्वेक्षणले सरकारलाई कोरोना भाइरस संक्रमितहरुको पहिचानमा सहयोग पुर्‍याउँने विश्वास कम्पनीले लिएकाे छ । 

सर्वेक्षणमा एनसेलका ग्राहक तथा सर्वेक्षणमा भाग लिने व्यक्तिले यूएसएसडी कोड एस्ट्रिक्स १७१०० ह्यास डायल गरी कोरोना भाइरस रोगसँग सम्बन्धित पाँच वटा प्रश्नहरुको जवाफ दिनुपर्ने छ । ग्राहकहरूले आफ्नो स्वास्थ्य स्थिती अनुसार १ वा २ विकल्प छानेर उत्तर दिन सक्नेछन्।

प्रश्नहरुको उत्तर दिएपछि यो सर्वेक्षणमा भाग लिएको व्यक्तिलाई तत्काल उसको स्वास्थ्यको अवस्थालाई मिल्ने सुझाव सहित सरकारले तोकेको हेल्पलाइन नम्बरहरु र एनसेलको हटलाइन नम्बर ९८०१५७५००५ उल्लेख भएको एसएमएस प्राप्त हुन्छ ।

हटलाइन नम्बरमा कोरोना भाइरस सम्बन्धि चिकित्सकसँग निःशुल्क परामर्श पनि लिन सकिने छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको