अर्थ संसार, काठमाडौं - अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले आफूलाई कोरोना भाइरसको संक्रमण भए/नभएको परीक्षण गर्दा केही नबिग्रने बताएका छन् । उनले विज्ञहरूलाई आफ्नाे स्वास्थ्य जाँच गर्न सुझाव समेत दिएका छन् ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा आन्तरिक समिति गठनका लागि चैत्र ८ गते भएको भनिएको निर्वाचनमा खतिवडा पनि सहभागी भएकाे भन्ने समाचार विभिन्न सञ्चारमाध्यमहरूले प्रकाशन गरेसँगै विज्ञहरूले शंका निवारण गर्नका लागि परीक्षण गर्न आग्रह गरेका हुन् ।
त्यसैगरी, अर्थमन्त्री युवराज खतिवडाका छोरा तिलक खतिवडा, प्रेस संयोजक यम प्रसाद पाैडेल, ‘सनसिटी अपार्टमेन्ट वेल्फेयर सोसाइटी’ लगायतले भने निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन अर्थमन्त्री सहभागी नभएकाे दावी गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस