अर्थ संसार, काठमाडौं - भारतमा गएको २४ घन्टायता कोरोना भाइरसका ९ सय ४१ जना नयाँ संक्रमितहरु थपिएका छन् ।
बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा काेराेना संक्रमितको संख्या १२ हजार ३८० जना पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी, उक्त संक्रमितहरुमध्ये १ हजार ४८९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार हाल त्यहाँ १० हजार ७७ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् । भारतभर गएको २४ घन्टा यता मृत्यु हुनेको संख्या ३७ रहेको पाइएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४१४ पुगेको छ ।
त्यस्तै, भारतमा शुरुदेखि नै अहिलेसम्म सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । - रासस/एएनआई
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस