अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेशबाट आएका व्यक्तिहरू अनिवार्य रूपमा क्वारेन्टाइनमा बसे/नबसेको अनुगमन गरिदिन स्थानीय तहलाई आह्वान गरेकाे छ ।
मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले विदेशबाट आएर पनि कतिपय व्यक्ति क्वारेन्टाइनमा बस्ने नगरेको गुनासो आउन थालेपछि यस्ताे आग्रह गरेका हुन् ।
यसैगरी, उनले हालसम्म देशभर कुल १९ हजार ४ सय ३२ जनाको कोरोना भाइरसको परीक्षण भएको जानकारी दिएका छन् । र्यापिड टेस्टबाट १२ हजार १ सय ९२ र पिसिआर विधिबाट ७ हजार २ सय ४० जनाको परीक्षण भएको उनले बताए ।
त्यस्तै, हालसम्म नेपालमा संक्रमितको संख्या १६ नै रहेको उनले बताए ।
सम्पूर्ण जानकारीका लागि हेर्नुहाेस् भिडियाे :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस