Like us!
Follow us!
Connect us!
Watch us!

किन पठाईयो ३४ चिकित्सकहरुलाई हवाइजाहज चार्टर गरेर सुदूरपश्चिम प्रदेशमा ? (भिडियाे)

निशा हुमाँगाई

शुक्रबार, ०५ बैशाख २०७७, १७ : २३ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा हालसम्म २४ हजार बढीको कोरोना परीक्षण भएको जनाएको छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले ३४ जना चिकित्सकहरुलाई सुदूरपश्चिमकाे प्रदेशहरूमा रहेकाे अस्पतालहरूमा काम गर्ने उद्देश्यले त्यहाँ पठाइएकाे बताएका छन् । 

यसैगरी, उनले  डोल्पा र सोलुखुम्बु बाहेक ७५ जिल्लामा र्‍यापीड किट टेष्‍ट (आरडीटी) विधिबाट जाँच भइरहेकाे जानकारी दिएका छन् । सातै प्रदेशका विभिन्न ठाउँमा गरेर १४ स्थानबाट पोलिमरेज चेन रियाक्सन (पीसीआर) परीक्षण सुरु भएको उनले बताए । 

त्यस्तै, हालसम्म नेपालमा संक्रमितको संख्या १६ नै रहेको उनले बताए । 

थप जानकारीकाे लागि तलकाे भिडियाे हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको