Like us!
Follow us!
Connect us!
Watch us!

के तपाईंलाई फुड प्वोइजनिङकाे समस्या छ? घरमै बसी-बसी यसरी गर्नुहाेस् उपचार

सराेज खनाल

शनिबार, ०६ बैशाख २०७७, १४ : ५३ मा प्रकाशित

के तपाईंलाई फुड प्वोइजनिङकाे समस्या छ?  घरमै बसी-बसी यसरी गर्नुहाेस् उपचार

अर्थसंसार, काठमाडाैं । यतिबेला गर्मी माैसम शुरु भइसकेकाे छ । सामान्यतया जाडाे भन्दा गर्मी माैसममा खानेकुरा चाँडै सड्ने गल्ने र कुहिने हुन्छ । याे समयमा झिंगा, मच्छर र साङ्ला पनि फैलन्छ । यस्ताे समयमा विभिन्न किराहरूले जुठाे लगाएकाे खानेकुरा खाइन्छ तब विभिन्न राेग फैलिन्छ । यस्ता खानेकुराकाे माध्यमबाट जीवाणु हाम्राे पेटमा पुग्दा झाडापखाला लाग्ने वान्ता हुने जस्ता राेग लाग्ने गर्छन् ।

फूड प्वइजनिङको खतरा बच्चा, रोगी, बुढाबुढी, गर्भवतीमा बढी हुन्छ । किनभने उनीहरुमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । गर्भवतीको पाचन प्रणालीमा परिवर्तन हुन्छ, जसले गर्दा फूड प्वाइजनिङको सम्भावना रहन्छ । साथै बृद्धबृद्धामा पनि यस्तो समस्या देखिन सक्छ ।

कहिलेकाहीँ मीठो मसिनो बनाउने क्रममा धेरैथरी खानेकुरा सेवन गर्दा पनि यस्तै समस्या हुनसक्छ । दुषित, विषाक्त वा विजातिय खानेकुरा सेवन पछि फुड प्वोइजनिङ अर्थात अपच हुन सक्छ । यसकाे घरेलु उपचार पनि गर्न सकिन्छ। आज हामी तपाइलाइ यसकाे घरेलु उपचार कसरी गर्ने भन्ने बारे बताउन गइरहेका छाैं ।

के गर्ने फुड प्वाइजनिनङ भएमा ?

कुबेला भोजन गर्ने तथा एउटा खाना नपच्दै अर्को खानेकुरा खाइयो भने फुड प्वाइजनिनङ हुन सक्छ । यस्तै धेरै चिल्लो वा मसलेदार खाना खानाले पनि पाचन प्रणालीमा गडबडी भई खाना नपच्ने समस्या हुन सक्छ ।

फुड प्वोइजनिङ भएमा पेट दुख्ने, निरन्तर वान्ता हुने, पखाला लाग्ने, टाउको दुख्ने, चक्कर लाग्ने, हल्का ज्वरो आउने, मांसपेशी दुख्ने लगायतको समस्या देखिने गर्छ । यस्तो समस्या खाना खाएको २ घण्टाबाट देखिएर ७२ घण्टासम्म रहन सक्छ । यस्तो बेला शरीरमा पानीको कमी हुन नदिन जीवनजल तथा इलेक्ट्रोवियनको सेवन गर्नुु पर्छ । यसका केहि घरेलु उपायहरू निम्न छन् : 

- अदुवाको एउटा टुक्रामा केही थोपा कागतीको रस र अलिकति बिरे नुन मिसाएर खाने गर्नुस् ।

- पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस आदि मिसाएर बनाएको ताजा अचार खानासँग खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ । 

-मनतातो पानीमा मह र कागतीको रस मिसाई खाली पेटमा खाने गर्नाले अपचको समस्या क्रमशः कम हुँदै जान्छ । 

-खाना राम्रोसँग पच्दैन भने खाँदाखेरि बेस्कन चपाएर खाँदा पाचन राम्रो हुन्छ ।

-पाचनशक्ति कमजोर हुनेहरूको शरीरमा पानीको मात्रा कम हुन्छ । यसले पाचनक्रियालाई समेत असर गर्ने भएकाले पानी प्रशस्त पिउने गर्नुपर्छ ।

-हरेक दिन घ्यूकुमारीको जुस अथवा अमला खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ ।

​फुड प्वाइजनिङ भएमा के खाने ?

अदुवा – पाचन प्रणालीको हरेक समस्याको लागी अदुवा एक प्रभावकारी औषधी मानिन्छ । फूड प्वोइजनिङबाट छुटकारा पाउनको लागि अदुवाको चिया बनाएर पिउन सकिन्छ । काँचो अदुवा कुटेर या यसको चूर्ण बनाएर पनि सेवन गर्न सकिन्छ ।

जीरा– जिरा खानाको सुगन्धित र स्वादिष्ट बनाउको लागि प्रयोग गरिन्छ । एक चम्चा जीरा पिसेर खानामा प्रयोग ग¥यो भने फूड प्वाइजनिङबाट छुटकारा पाउन सकिन्छ । यसको साथै आन्द्रा सुन्निएको पनि ठिक हुन्छ ।

तुलसी : फुड प्वाइजनिङको उपचारमा तुलसी पनि निकै उपयोगी हुन्छ । तुलसीसँग थोरै दही र मरिचको धुलो चाहिन्छ । तुलसीको पात उमालेर त्यसको पानीमा थोरै दही र मरिचको धुलो मिसाएर सेवन गर्न सकिन्छ ।

दही :  फुड प्वाइजनिङ भएमा दही पनि निकै उपयोगी हुन्छ । दहीको घोल बनाएर त्यसमा थोरै सख्खर मिसाउनुपर्छ । उक्त घोल सेवन गर्दा फाइदा पुग्छ ।

कागती : एक गिलास पानीमा कागतीको रस मिसाउने । त्यसमा एक चम्चा मह मिश्रण गरेर सेवन गर्दा पनि लाभ मिल्छ ।

पानी– फूड प्वाइजनिङ हुदाँ पानीको सेवन बढि मात्रामा गर्दा फाइदा हुन्छ । यसले शरिरमा भएको बिषाक्त तत्व बाहिर निकाल्न मात्र होइन शरिरमा हुने असर पनि कम गर्न सहयोग गर्छ ।

स्याउ–फूड प्वाइजनिङ हुदाँ स्याउको सेवन गर्दा धेरै राहत मिल्छ । फूड प्वाइजनिङको समयमा हुने छाति को दुखाइलाई पनि कम गर्छ ।

केरा– फूड प्वाइजनिङमा केराको सेवन एकदमै लाभदायक मानिन्छ । झाडापखला र कब्जियतमा पनि केराको सेवनले फाइदा गर्छ । यो पचाउन सजिलो हुन्छ । तर ध्यान राखौ कि दुई ओटा भन्दा बढि केरा सेवन गर्दा डाइरिया बढ्न पनि सक्छ ।

विशेष सावधानी

गर्मी मौसममा थोरै खाएपनि अपच हुने हुन्छ । त्यसैले एकैपटक धेरै खानेकुरा नखाने विस्तारै समय समयमा थोरैथोरै खाइरहने, पानी प्रशस्त पिउने गर्नुपर्दछ । बरफयुक्त र गुलियो पेयले झन् छिटो तिर्खा लगाउने हुनाले अति चिसो र अति गुलियो नखानु उपयुक्त हुन्छ । गर्मी भयो भनेर गुणस्तरहीन बरफ, दूषित पानी, सडकमा जथाभावी बेचिएका फलफूल खानु बिमारी हुने खतरा बढाउनु हो । चिल्लो, भुटेको वा तारेको, सुख्खा खानेकुरा यो मौसममा सकेसम्म खानु हुँदैन । यस्तै एकसाथ धेरैथरी खानेकुरा मिसाएर सेवन गर्नु हुँदैन ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको