Like us!
Follow us!
Connect us!
Watch us!

काेराेना संक्रमित दाेस्राे बिरामी डिस्चार्ज हुँदा प्रधानमन्त्रीले दिए स्वास्थ्यकर्मीलाई बधाइ

सराेज खनाल

शनिबार, ०६ बैशाख २०७७, १५ : २५ मा प्रकाशित

काेराेना संक्रमित दाेस्राे बिरामी  डिस्चार्ज हुँदा प्रधानमन्त्रीले दिए स्वास्थ्यकर्मीलाई बधाइ

अर्थसंसार, काठमाडौं- शनिबार नेपालमा दाेस्राे काेराेना संक्रमित पनि निकाे भएर घर फर्किएकी छन् ।

चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएर टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएकी उनी आज डिस्चार्ज भएकी हुन् । 

उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् । आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताएकी छन् ।

उनको शुक्रबार गरिएको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । शनिबारको रिपोर्ट पनि नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएकाे छ ।

काठमाडौं घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।फ्रान्सदेखि  कतारसम्म सँगै जहाजमा आएको भियतनामको साथीमा कोरोना  सं‌क्रमण पुष्टि भएपछि उनी स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल पुगेकी थिइन् । त्यहाँ नमुना जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैबीच प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई बधाई दिएका छन्।  शनिबार कोरोना भाइरसबाट संक्रमित दोस्रो विरामीको डिस्चार्ज भएको खबर थाहा पाए लगत्तै प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मीलाई बधाई दिएका हुन्। 

ओलीले सामाजिक सञ्जालमार्फत् डिस्चार्ज भएकी बिरामीको आरोग्यताको कामना गर्दै उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई बधाई दिएका हुन्।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको