Like us!
Follow us!
Connect us!
Watch us!

एकै दिन १२ संक्रमित भेटिएकाे उदयपुरमा सुरक्षा सामग्री र जनशक्तिकै अभाव

सराेज खनाल

शनिबार, ०६ बैशाख २०७७, १५ : ४२ मा प्रकाशित

एकै दिन  १२ संक्रमित भेटिएकाे उदयपुरमा सुरक्षा सामग्री र जनशक्तिकै अभाव

उदयपुर, ६ वैशाख ।  शुक्रबार मात्र उदयपुरमा एकै दिन १२ जना काेराेना संक्रमित भेटिए । यसरी कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मीले प्रयोग गर्ने सुरक्षा सामग्री र जनशक्तिको भने अभाव भएको छ। 

शुक्रबार त्रियुगा नगरपालिका- ३ भुल्के मस्जिदमा १२ जनामा कोरोना भाइरस देखापरेपछि उत्पन्न परिस्थितिका सामना गर्न स्वास्थ्य र सुरक्षाकर्मीलाई सुरक्षा सामग्री र दक्ष जनशक्तिको अभाव देखिएकाे हाे ।

स्वास्थ्यकर्मी परिचालन गर्नका लागि आवश्यक सुरक्षा कवज पीपीई, सेनिटाईजर, मास्क, ग्लोब्स, ज्वरो नाप्ने थर्मल गन जस्ता उपकरणहरु अभाव भएको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए। उनले भने, ‘प्रदेश सरकारले पठाएका सामग्रीले अहिलेसम्म चलायौँ, हिजो एकैपटक धेरैमा देखापरेपछि त्यहीँअनुसारको जनशक्ति परिचालन गर्न स्वास्थ्यकर्मी र सुरक्षा सामग्री अभाव भएको हो।' 

संक्रमितहरु गएको ठाउँ, भेट गरेका व्यक्ति र मस्जिद रहेको बस्तिका सबैको र्‍यापिट टेष्ट गर्नुपर्ने भएकाले सामग्री र स्वास्थ्यकर्मी अभाव भएको उनकाे भनाइ छ ।

संक्रमण फैलिएको पुष्टि भए लगत्तै भुल्के बस्ती सिल गरीएको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको