Like us!
Follow us!
Connect us!
Watch us!

फागुन र चैतको विद्युत् महसुल वैशाखभित्र तिरे जरिबाना नलाग्ने

सराेज खनाल

शनिबार, ०६ बैशाख २०७७, १६ : २० मा प्रकाशित

फागुन र चैतको विद्युत् महसुल वैशाखभित्र  तिरे जरिबाना नलाग्ने

अर्थसंसार, काठमाण्डौ – फागुन र चैतको विद्युत् महसुल वैशाखभित्र तिरेमा जरिबाना नलाग्ने भएकाे छ। नेपाल विद्युत् प्राधिकरणले गत फागुन र चैतको विद्युत् महसुल वैशाखभित्र तिर्दा जरिबाना नलाग्ने व्यवस्था गरेको जनाएकाे हाे । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिबाना लाग्ने व्यवस्था भएकोमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार फागुन र चैत महिनाको महसुल वैशाखभित्र तिरेमा जरिबाना छुट दिने निर्णय भएको बताए ।

यसका साथै उनले लकडाउन अवधि लम्बिएमा त्यही अनुसार समयावधि थप हुने पनि प्रष्ट पारेका छन्  । 

विश्वभर फैलिएको कोरोना भाइरसका कारण अर्थतन्त्रमा समेत गम्भीर असर परेको वर्तमान परिप्रेक्ष्यमा मन्त्रिपरिषद्को गएको चैत १६ गतेको बैठकले उपभोक्ताहरुलाई विद्युत् महसुल तथा बिलम्ब बापत लाग्ने जरिबाना एवं अतिरिक्त शुल्क छुट दिने निर्णय गरेको थियो ।

त्यही निर्णयलाई कार्यान्वयन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको गएको चैत २५ गतेको आठ सय ३० औँ बैठकले जरिबाना छुट दिने निर्णय गरेको थियो ।

मन्त्री पुनले अनलाइनबाट तिर्न सक्नेले महसुल तिरेर प्राधिकरणको वित्तीय जोखिम न्यूनीकरणमा सहयोग गरिदिन आग्रह गरेका छन् । 

यस्तै प्राधिकरणले चैत र वैशाखको महसुल आउँदो जेठ ६ गतेभित्रमा भुक्तानी गरेमा २ प्रतिशत छुट पाउने थप व्यवस्था गरेको छ । यसअघि यस्तो छुट सुविधा बिलिङ भएको एक हप्ताभित्रमा महसुल तिरेमा मात्रै पाउने व्यवस्था थियो । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको