Like us!
Follow us!
Connect us!
Watch us!

बागलुङकी ६५ वर्षीया महिलाले पनि जितिन काेराेना, डिस्चार्जको तयारी हुदै

सराेज खनाल

शनिबार, ०६ बैशाख २०७७, १९ : २५ मा प्रकाशित

बागलुङकी ६५ वर्षीया महिलाले पनि जितिन काेराेना, डिस्चार्जको तयारी हुदै

अर्थसंसार, काठमाडाैं- नेपालमा तेस्राे व्यक्तिलाई काेराेना संक्रमण नेगेटिभ आएको छ । नेपालको छैटौं कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको शनिबार अन्तिम रिपोर्ट नेगेटिभ आएको हाे ।

जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत सुरज गुरौले महिलाको अन्तिम रिपोर्ट पनि नेगेटिभ आएको पुष्टि गरे । उनले ती वृद्धालाई डिस्चार्ज गर्ने तयारी गरिएको पनि जानकारी दिए ।

उनी चैत ४ गते उनी बेल्जियमबाट कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी थिइन् । सोही दिन एउटै विमानबाट आउने नेपाल आउने तीन जनामा कोरोना संक्रमण देखिएको थियो । चैत २० गते संक्रमण पुष्टि भएपछि ती वृद्धालाई धौलागिरि अञ्चल अस्पतालमा भर्ना गरिएको थियो ।

तीमध्ये काठमाडौंकी युवती शनिबार डिस्चार्ज भएकी छन् । बागलुङकी अर्की युवती भने धौलागिरि अस्पतालमा उपचाररत छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको