Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपतिले फिर्ता गरिन् नयाँ गाडी किन्‍न छुट्टाइएकाे साढे ९ करोड

सराेज खनाल

आइतबार, ०७ बैशाख २०७७, ०६ : २२ मा प्रकाशित

राष्ट्रपतिले फिर्ता गरिन् नयाँ गाडी किन्‍न छुट्टाइएकाे साढे ९ करोड

अर्थसंसार, काठमाडौं - राष्ट्रपति विद्या भण्डारीले नयाँ गाडी किन्ने पैसा फिर्ता गरेकि छिन् । उनले आफ्ना लागि सुविधा सम्पन्न इलेक्ट्रिक गाडी खरिदका लागि विनियोजित रकम सरकारको सञ्चित कोषमा फिर्ता गरेकी हुन् ।

काेराेनाकाे महामारी तिव्र गतिमा फैलिरहँदा उत्पन्न विशेष परिस्थितिमा आफ्ना लागि गाडी खरिद गर्नु उपयुक्त नहुने उनकाे विश्लेषण छ ।

राष्ट्रपति कार्यालय भण्डारीका लागि ६५ लाख रुपैयाँ (भन्सार राजस्वबाहेक) मा लामो भीभीआईपी इलेक्ट्रिक गाडी खरिद गर्ने अन्तिम तयारीमा थियो ।

राष्ट्रपति भण्डारीले चढ्दै आएका सुविधासम्पन्न गाडी पुराना भइसकेका छन् । अरू गाडी पुराना भएकाले भण्डारीले दुई वर्षअघि खरिद गरिएको बीवाईडी इलेक्ट्रिक कार चढ्दै आएकी छन् । उक्त कार एकपटक चार्ज गरेपछि १ सय ५० किलोमिटर गुड्छ ।

राष्ट्रिपति कार्यालयले एकपटक चार्ज गरेपछि ४ सय ५० किमि गुड्ने त्योभन्दा आधुनिक र सुविधासम्पन्न कार किन्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको थियो ।

राष्ट्रिपति कार्यालयले सार्वजनिक खरिद ऐनको प्रक्रिया पूरा गरी करिब ५ करोड रुपैयाँमा ६ वटा कार र चार्जिङ स्टेसनका लागि उपकरण किन्न लागेको थियो ।

यसैबीचमा मुलुकमा कोराेनाको संक्रमण देखिन थालेको र लकडाउनका कारण सिंगो मुलुक आर्थिक संकटमा परेको हुनाले राष्ट्रपति कार्यालय नयाँ गाडी खरिदको प्रक्रिया स्थगन गर्ने निर्णयमा पुगेको स्रोतले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको