Like us!
Follow us!
Connect us!
Watch us!

अनुमतिपत्र लिएर ग्यास उत्पादन नगर्ने ५० उद्योगको अनुमतिपत्र खारेज

सराेज खनाल

आइतबार, ०७ बैशाख २०७७, १० : ३० मा प्रकाशित

अनुमतिपत्र लिएर ग्यास उत्पादन नगर्ने ५० उद्योगको अनुमतिपत्र खारेज

अर्थसंसार, काठमाडौं- अनुमतिपत्र लिएर पनि  ग्यास उत्पादन नगर्ने ५० उद्योगको अनुमतिपत्र एकै दिन खारेज भएकाे छ । नेपाल आयल निगमले सम्पर्क गर्न आग्रह गर्दा पनि उनीहरु सम्पर्कमा नआएपछि वैशाख ७ गते उनीहरूकाे अनुमतिपत्र खारेज गरेकाे हाे ।

२०७१ माघ १४ गतेपछि ५३ ग्यास उद्योगले नयाँ तथा शाखा उद्योग सञ्चालन गर्नेभन्दै अनुमतिपत्र लिएका थिए । यी कम्पनीहरुले निगमबाट ग्यास उद्योग निर्माण गरि सञ्चालन गर्न अनुमति लिने तर उद्योग निर्माण गरेका थिएनन् ।

यसैगरी अर्काथरीले उद्योग विभागमा ग्यास उद्योग दर्ताको लागि निवेदन दिने र उद्योग विभागबाट निगमसँग राय प्रतिकृया माग्दा उनीहरु सम्पर्कमा नआएको निगमले जनाएको छ ।

यसरी लाइसेन्स लिने तर उद्योग स्थापना नगर्दा अनुमतिपत्र किनबेचजस्ता काम हुने गरेको थियो । जसले गर्दा एलपी ग्यास उद्योगको व्यवस्थापनमा समस्या आएको  निगमले जनाएकाे छ । 

यसरी लाइसेन्स झोलामा बोकेर हिँड्ने तर ग्यास उत्पादन नगर्ने गर्दा निगमलाई अनुमान लगाउन मुस्किल भएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलकाे भनाइ छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको