Like us!
Follow us!
Connect us!
Watch us!

डा.शेरबहादुर पुनलाई कारबाही गर्ने तयारीको विषयमा बोल्यो स्वास्थ्य मन्त्रालय (भिडियाे)

निशा हुमाँगाई

आइतबार, ०७ बैशाख २०७७, १७ : ३० मा प्रकाशित

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनलाई कारबाही गर्ने तयारीको विषयमा बाेलेकाे छ । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले डा. शेरबहादुर पुनलाई मन्त्रालयमा उपस्थित हुन गरिएको पत्राचारका बारेमा गलत अर्थ नलगाउन आह्वान गरेका हुन् । 

यसैगरी उक्त प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सहसचिव रघुराम विष्टले वरिष्ठ चिकित्सक डा. पुनलाई स्पष्टिकरण नसोधिएको दावी गरेका छन् । मन्त्रालयको विज्ञप्ति पढ्दै विस्टले मन्त्रालयमा उपस्थित हुनका लागि पठाइएको पत्र डा. पुनले प्राप्त नगरेको भन्ने प्रतिक्रियालाईसमेत गलत ढंगले प्रस्तुत गरिएको सहसचिव बताएका छन् । डा. पुनलाई मन्त्रालयले स्पष्टिकरण सोधिएको भन्ने समाचार कपोकल्पित र भ्रामक भएको जानकारी दिएका छन् । 

काेराेनाकाे विस्तृित विवरणकाे लागि तलकाे भिडियाे हेर्नुहाेस् : 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको